NRN
नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट तीन मन्त्रीले शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् ।

शपथ ग्रहणका लागि शीतल निवास परिसरमा मञ्च तयार पारिएको छ ।

भदौ २४ गते प्रदर्शन क्रममा शीतल निवास पनि जलाइएको थियो । जलेकै भवन अगाडि मञ्च बनाएर मन्त्रीहरूको शपथ ग्रहण गराउन लागिएको हो ।

शपथ कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायत सहभागी छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update