सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेर प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो ।
त्येस्तै, चाँदीको मूल्य आइतबार तोलामा २ हजार ५७० रुपैयाँ कायम भएकामा सोमबार बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ ११:४५
प्रतिक्रिया दिनुहोस्