NRN
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सपथ आजै

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सपथ आजै हुने भएको छ ।

राष्ट्रपति कार्यालयमा बिहान साढे ११ बजे सपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जानकारी दिएको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।

जसमा कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । अर्याल चर्चित कानुनविद् हुन् ।

रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी पूर्वअर्थसचिव हुन् । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update