आइतबा सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य

स्थानीय बजारमा आइतबार(आज) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज आइतबार सुन प्रतितोला सात सय रूपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला २ लाख १५ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आइतबार चाँदी प्रतितोला पाँच रूपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला दुई हजार पाँच सय ६५ रूपैयाँ कारोबार भएको चाँदी आइतबार तोलाको दुई हजार पाँच सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२ १२:०१
प्रतिक्रिया दिनुहोस्