शुक्रबार बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार(आज) सुन-चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको हो ।
त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ६० रूपैयाँले बढेको छ ।
बिहीबार प्रतितोला २५ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको दुई हजार पाँच सय ६५ रूपैयाँ पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ ११:०७
प्रतिक्रिया दिनुहोस्