बिहीबार सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो ।
बुधबार प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बुधबार प्रतितोला २५ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिओस ३६ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२ ११:०६
प्रतिक्रिया दिनुहोस्