NRN
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन् । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएको हो ।

प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामाको घोषणा गरेका थिए । 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update