
शुक्रबार संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमबार बिहान कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ लिएका हुन् ।
नवनिर्वाचित संसदीय समितिका सभापतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सभामुखसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष दहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, एमालेका मुख्य सचेतक र नेपाली कांग्रेसका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सांसदहरू उपस्थित थिए ।
यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकाे सभापति रहेका खतिवडा संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रकरणको छानबिन गर्न बनेको संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राजीनामा दिएका थिए ।
त्यसपछि खतिवडालाई उनको पार्टी नेपाली कांग्रेसले त्यहाँबाट सरुवा गरेर संसदीय समिति ल्याइ सभापति बनाएको हो ।