आइतबार नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत सातादेखि नै नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढेको हो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेकाे छ ।
गत शुक्रबार तोलाको २ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२ ११:५२
प्रतिक्रिया दिनुहोस्