सुनको मूल्य बढेको बढ्यै, तोलाको दुई लाख १० हजार ४ सय रूपैयाँ पुग्यो

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य थप बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला दुई लाख सात हजार ९ सय रूपैयाँमा कारोबार सुन शुक्रबार दुई लाख १० हजार ४ सय रूपैयाँ पुगेको छ ।
बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार प्रतितोला २५ सय रूपैयाँले बढेको हो ।
त्यस्तै, बिहीबार २४ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २४ सय ९० रूपैयाँमा कारोबार भएको छ ।शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला दश रूपैयाँले बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३५ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२ ११:४७
प्रतिक्रिया दिनुहोस्