NRN
बिहीबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

स्थानीय बजारमा लगातार बढिरहेको सुनको मूल्य बिहीबार भने स्थिर छ । 

बुधबार प्रतितोला दुई लाख सात हजार ९ सय रूपैयाँमा कारोबार सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि स्थिर छ । 

बुधबार २४ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३५ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update