NRN
नेपाली बजारमा सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य

नेपाली बजारमा सुनको मूल्य लगातार बढ्ने क्रम जारी नै छ ।

अघिल्लो दिनको कारोबारको तुलनामा आज सुन प्रतितोला दुई हजार रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला दुई लाख पाँच हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज प्रतितोला दुई लाख सात हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।  

सुनको मूल्य हालसम्मकै उच्च हो । 

त्यस्तै, महासंघका अनुसार मंगलबार २४ सय ८५ रूपैयाँ कारोबार भएको चाँदी बुधबार २४ ८० मा कारोबार भएको छ ।  

बुधबार चाँदीको मूल्य भने प्रतितोला पाँच रूपैयाँले घटेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३५ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update