मंगलबार पनि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य लगातार बढ्ने क्रममा छ ।
महासंघका अनुसार अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला ६ सय रूपैयाँले मंगलबार सुन प्रतितोला दुई लाख पाँच हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला दुई लाख पाँच हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको थियो । सुनको मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले बढेको छ ।
महासंघका अनुसार सोमबार २४ सय ७० रूपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार २४ सय ८५ रूपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३४ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२ ११:४१
प्रतिक्रिया दिनुहोस्