सोमबार सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कतिमा हुदैछ कारोबार ?

सोमबार नेपाली बजारमा सुनको मूल्य थप बढेको छ ।
महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख पाँच हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिनको कारोबारको तुलनामा आज सुन प्रतितोला एक हजार सात सय रूपैयाँले वृद्धि भएको हो ।
आइतबार सुन प्रतितोला दुई लाख तीन हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको थियो ।
त्यस्तै, महासंघका अनुसार आइतबार प्रतितोला २४ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार २४ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदीको मूल्य पनि प्रतितोला ४५ रूपैयाँले बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३४ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२ ११:२६
प्रतिक्रिया दिनुहोस्