NRN
रवि लामिछानेको रिट निवेदनमाथि न्यायाधीश विष्टको इजलासमा सुनुवाई हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

लामिछानेको तर्फबाट पत्नी निकिता पौडेल लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा रिहाईको माग गर्दै रिट निवेदन दिएकी हुन् । सो रिट निवेदनमाथि न्यायाधीश सागर विष्टको इजलासमा सुनुवाई हुने भएको हो ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका थिए । 

उक्त निवेदनलाई जिल्ला अदालत रूपन्देहीले बदर गरेपछि त्यसविरूद्ध लामिछानेले गत सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दर्ता गरेका थिए ।

सुप्रिम बचत तथा ऋण सहकारीबाट भएको अपचलनको मुद्दामा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update