NRN
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक फेरिपनि स्थगित

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक फेरि स्थगित भएको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । 

बैठकमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान, समसामयिक राजनीतिक घटना, एकताबाट आएकाहरूको जिम्मेवारीलगायतको एजेण्डा थिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण बैठक स्थगित गरिएको जानकारी आएको सचिव गंगानारायण श्रेष्ठले बताए । यसअघि बिहीबार बोलाइएको बैठक समेत स्थगित भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update