एकै दिन २३ सय रूपैयाँले बढ्यो सुन मूल्य, चाँदीको कति ?

साताको पहिलो कारोबार दिन अर्थात् आज (आइतबार) स्थानीय बजारमा सुन-चाँदीको मूल्य बढेको छ ।
अघिल्लो दिनको तुलनामा आज प्रतितोला २३ सय रूपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९५ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ९७ हजार ५०० रूपैयाँमा सुनको कारोबार भइरहेको छ ।
त्यस्तै, महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य २३ सय ५० रूपैयाँ तोकिएको छ । शुक्रबार प्रतितोला २३ सय १० रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७२ डलर पुगेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२ १२:०३
प्रतिक्रिया दिनुहोस्