बढ्यो नेपाली बजारमा आज सुन-चाँदीको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
बिहीबार प्रतितोला १ लाख ९४ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार प्रतितोला एक लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रूपैयाँले बढी हो ।
त्यस्तै, बिहीबार प्रतितोला २२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला २३ सय १० रूपैयाँमा कारोबार भएको चाँदी भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.०६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२ ११:४८
प्रतिक्रिया दिनुहोस्