NRN
संसदीय समितिबाट भूमि विधेयक पारित, माओवादी र रास्वपाले फरक मत राख्ने

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक पारित भएको छ ।बिहीबार बसेको समिति बैठकबाट भूमि विधेयक बहुमतले पारित गरिएको हो ।

विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको छ । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने समितिले जनाएको छ ।

समितिको बैठकमा माओवादी केन्दका सांसद रुपा चौधरी र रास्वका सांसद अशोककुमार चौधरीले विकेयकमा तप धारणा बनाउन समय माग गरेका थिए । तर, समितिले विधेयक पारित गर्ने भएपछि छलफलबाट माओवादी केन्द्र बाहिरिएको हो ।

भूमि विधेयकमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राखेको संशोधन प्रस्तावलाई समेटिएको छ । उनीहरूले गिरीबन्धु टी-इस्टेटजस्ताको जग्गा प्लटिङ गरी बिक्री गर्न नपाइने गरी संशोधन हालेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update