बिहीबार भने बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार बिहीबार भने सुनको मूल्य बढेको छ ।
बिहीबार प्रतितोला १३ सय रूपैयाँले मूल्य बढेको हो ।
बुधबार प्रतितोला १ लाख ९३ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन महासंघको अनुसार बिहीबार प्रतितोला १ लाख ९४ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बुधबार प्रतितोला २२ सय ५५ पैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार प्रतितोला २२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको भन्दा ३५ रूपैयाँले बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३,३३८.६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । चाँदी ३७.९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२ ११:३३
प्रतिक्रिया दिनुहोस्