NRN
पहिरोले धुलिखेल-खावा सडकखण्ड पूर्णरूपमा अवरुद्ध

सुख्खा पहिरो झरेपछि अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक अवरूद्ध भएको छ ।

धुलिखेल नगरपालिका-८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको हो ।

उक्त सडक चार वर्षअघि नै ठेक्का लागेको भए पनि निर्माण कम्पनीले बनाउन नसकेपछि सम्झौता रद्ध गरेर पुनः प्रक्रिया अघि बढाइएको छ ।

पानी पर्दा हिलाम्य र घाम लागेपछि धुलाम्य हुने उक्त सडक खण्डमा सुख्खा पहिरो झरेपछि सिन्धुपाल्चोक, पूर्वी काभ्रे, दोलखाबाट आउने सवारी र धुलिखेलतर्फबाट जाने सवारी बाटैमा रोकिएका छन् ।

प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको र डोजर परिचालन गरेर पहिरो हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । तर सुख्खा माटो र ढुंगाको थुप्रो धेरै भएकाले सडक खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update