सोमबार बढ्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा नेपाली सुन-चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला आठ सय रूपैयाँले बढेको हो ।
महासंघको तथ्यांक अनुसार प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ९६ हजार तीन सय रूपैयाँ पुगेको हो ।
त्यस्तै, आइतबार प्रतितोला २३ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २३ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला पाँच रूपैयाँले बढेको हो।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ ११:४८
प्रतिक्रिया दिनुहोस्