NRN
गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली पक्राउ

गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई आइतबार राजधानीको नयाँ वानेश्वरबाट पक्राउ गरेको हो ।

काठमाडौं मलको पसल ठेक्का प्रकरणलाई उनी विरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । चाबहिल क्षेत्रलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका गोर्खालीले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका थिए । 

राजधानीको सुन्धारामा सञ्चालित काठमाडौं मलका व्यापारीलाई धाकधम्की दिँदै बढी भाडा असुल गरेको भन्ने उजुरीको छ ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिसमा समेत परेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update