NRN
आइतबार घट्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?

साताको पहिलो कारोबार दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार गत साता शुक्रबार प्रतितोला एक लाख ९६ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यो अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला सात सय रूपैयाँले घटेको हो । 

त्यस्तै, शुक्रबार प्रतितोला २३ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेको हो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update