NRN
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा चार जना पक्राउ

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । बिहीबार काठमाडौंको कालो पुलस्थित डेरा कोठाबाट प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराका २७ वर्षीय ओमप्रकाश जयसवाल, २५ वर्षीय मनमोहनकुमार सिंह, विहारका ३३ वर्षीय विक्रम जयसवाल, ३३ वर्षीय मुन्ना जयसवाल छन् । 

हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो । उक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ गर्दा १५ लाख ३३ हजार रुपैयाँ र पाँच वटा मोबाइल पनि बरामद गरेको छ । अनुसन्धानको क्रममा ६ करोड ६ लाख ६३ हजार रुपैयाँको क्रिप्टो करेन्सीको कारोबार समेत गरेको देखिएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update