बिहीबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ ।
बिहीबार एक लाख ९६ हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला एक लाख ९६ हजार दुई सय रूपैयाँ कारोबार भइरहेको छ ।
महासंघको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ६ सय रूपैयाँले घटेको हो ।
त्यस्तै, बिहीबार प्रतिताेला २३ सय ४० रूपैयाँ पुगेको चाँदी शुक्रबार २३ सय १५ रूपैयाँमा कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँले घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.०६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ ११:४५
प्रतिक्रिया दिनुहोस्