
साताको अन्तिम दिन अर्थात् बिहीबार नेप्से २.६२ अंकले बढेको छ । नेप्से बढेर २७८८.३६ विन्दुमा बन्द भएको हो ।
यसदिन ७ अर्ब ४६ करोड ४१ लाख रूपैयाँको कारोबार भएको छ । आज ३२० वटा धितोपत्रको एक करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार एक सय ८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ वटाको घटेको छ । यसदिन नेपाल रिपब्लिक मिडियाको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ ।
उक्त कम्पनीको प्रतिकित्ता ५४१ रूपैयाँ ३० पैसा कायम भएको छ ।
यस्तै, पञ्चकन्यामाई हाइड्रोपावरको मूल्य ५.५६ प्रतिशतले बढेको छ । कुमारी सबल योजनाको मूल्य ४.६३ प्रतिशतले बढेको छ ।
त्यसैगरी, राधी विद्युत कम्पनीको मूल्य ४.४३ प्रतिशत र अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ४.२२ प्रतिशतले बढेको छ ।
बिहीबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेका छन् ।