NRN
नवनियुक्त ४ भीसीले लिए शपथ

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एक समारोहकाबिच ४ जनाले सामूहिक रुपमा शपथग्रहण गरेका हुन् ।

प्रसमारोहमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह प्रा. डा. पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. भरत खत्रीले शपथ लिएका हुन् ।

कार्यक्रममा कुलपति ओलीले स्वच्छ र पारदर्शीरूपमा देखिने खालको काम गर्न सफलता मिलोस् भनेर शुभकामना दिएका थिए । 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update