NRN
बिहीबार बढ्यो सुन-चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघको बिहीबार सुन-चाँदीको मूल्य सामान्य बढेको छ ।

महासंघको तथ्यांक अनुसार बुधबार प्रतितोलो एक लाख ९६ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार एक लाख ९६ हजार आठ सय रूपैयाँ पुगेको छ । 

 यो अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला एक सय रूपैयाँले बढेको हो । 

त्यस्तै, बुधबार प्रतितोला २३ सय २५ रूपैयाँमा किनबेच भएको चाँदी बिहीबार २३ सय ४० रूपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले बढी हो । 

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update