धनुषामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार, एक घाइते

धनुषामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी निरीक्षक राकेश यादव र वरिष्ठ सई बालकृष्ण संजेल नेतृत्वको टोलीले बुधबार मिथिला नगरपालिका-२ बाट दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले एक राउण्ड हवाई फायर र अर्को पटक लागुऔषध कारोबारीमाथि प्रहार गरेको हो ।
प्रहरीले पप्पु र अर्की एक जना महिलालाई पक्राउ गरेको छ । पप्पुको दायाँ खुट्टाको घुँडामुनि गोली लागेर घाइते भएका छन् । उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ ।
पप्पु लागुऔषधकै कारोबार गरेको मुद्दामा ८ वर्ष जेल बसिसकेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०८२ १७:१४
प्रतिक्रिया दिनुहोस्