NRN
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

प्रमुख आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर, चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने नाममा २४ लाख ५० हजार घुस मागेको आरोपमा मालपोत अधिकृत कुमार आचार्य र टिकाराम राउतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूलाई अख्तियारले असार ३१ गते २४ लाख ५० हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । 

उनीहरूको मिलेमतो र योजनामा सेवाग्राहीसँग भक्तपुरको चाँगुनारायण नगरपालिकामा १४ रोपनी ४ आना जग्गाको धनी पुर्जा बनाउन घुस लिएको अख्तियारको आरोप छ ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update