NRN
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०२ रुपैयाँ चार पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ पाँच पैसा र बिक्रीदर १८८ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ छ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ छ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ८४ पैसा

बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८२ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ५३ पैसा र बिक्रीदर ३६५ रुपैयाँ नौ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update