NRN
मंगलबार घट्यो पनि सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबारको तुलनामा यसदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ९८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, सोमबार प्रतितोला दुई हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार तीन सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update