NRN
आज २७.९० अङ्कले घटेर २८२२ अंकमा कायम

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । बजार परिसूचक आज २७.९० अङ्कले घटेर २८२२ अंकमा कायम भएको हो । 

बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५३ करोडको कारोबार भएकोमा आज १० अर्ब २१ करोडको भयो ।

आज बजारमा २० कम्पनीको मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेका छन् ।

माइक्रोफाइनान्स र विकास बैंक समूह सबैभन्दा धेरै घटे । माइक्रोफाइनान्स २.३५ तथा विकास बैंक २.३१ प्रतिशत घटे ।

बैंकिङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ तथा व्यापार समूह १.४४ प्रतिशत घटे । अन्य समूह ०.३१ प्रतिशत बढ्यो ।

रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको ६.८७ तथा बुद्धभूमि हाइड्रोपावरको ३.४७ प्रतिशत मूल्य बढ्यो । उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशत घट्यो । लिबर्टी इनर्जीको ७.०६, ट्रेड टावरको ६.९९, सीवाईसी लघुवित्तको ५.७४ तथा विन नेपाल लघुवित्तको ५.७२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, साहस ऊर्जा तथा बुटवल पावर क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४७ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update