NRN
सोमबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, आइतबार प्रतितोला दुई हजार तीन सय ३० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार तीन सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update