
साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, दर्शन गर्ने व्रतालु तथा श्रद्धालुको भीड लागेको छ ।
साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा आराधना गर्दछन् ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
साउन महिनाको अर्को आकर्षक बोलबम हो । साउनदेखि सुरू हुने बोलबम यात्रा अन्तिम सोमबार विशेष उपासना गरेपछि सम्पन्न हुन्छ । अन्तिम सोमबार बिहानै काठमाडौंका बोलबम यात्रीहरू सुन्दरीजल पुग्छन् ।
सुन्दरीजलमा डुबुल्की मारेर भगवान शिवको आरधनापश्चात त्यहाँबाट लिएर आएको जल लिएर पशुपतिनाथलाई चढाउँछन् ।
पशुपतिमा सुन्दरीजलको जल चढाएर विशेष आरधना गरेपछि यसपालिको बोलबम यात्रा सकिन्छ ।