NRN
झलनाथ खनाललाई भेट्न डल्लु पुगे नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भेट्न पुगेका छन् ।

डल्लुस्थित खनाल निवासमा अहिले दुई नेताबीच भेट भइरहेको छ ।

भेटमा दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको औचित्य र सम्भावलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update