NRN
सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । 

शुक्रबार प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख ९९ हजार दुई सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाे तथ्यांकले देखाएकाे छ ।

गतसाता शुक्रबार मूल्यमा नयाँ रेकर्ड कायम गरेको सुन आइतबार प्रतितोला दुई सय रूपैयाँले घटेको हो । 

त्यस्तै, शुक्रबार प्रतितोला २३ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार २३ सय ३० रूपैयाँमा कारोबार भइहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update