NRN
शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

लगातार नयाँ रकर्ड बनाइरहेको सुनको मूल्य आज फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

बिहीबार प्रतितोला १ लाख ९८ हजार चार सय रूपैयाँमा किनबेच भएको सुन महासंघका अनुसार आज प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला नौ सय रूपैयाँ बढी हो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार प्रतितोला दुई हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार तीन सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update