रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा १३ वटा छलफलको कार्यसूची तय गरिएको छ ।
आजको बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधि सम्बन्धमा छलफल हुनेछ ।
बैठकमा केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रूपन्देही बैठक अपडेट, रूपन्देही उपनिर्वाचन अपडेट, रूपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदनबारे छलफल हुनेछ ।
विविध प्रस्तावअन्तर्गत अधिवेशन प्रतिनिधि समय विन्दु (केन्द्रीय विभाग, प्रदेश विभागको नयाँ नियुक्ती), मधेश प्रदेशमा सहमहामन्त्री सिफारिस, पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत, सांसदहरूको लेबीबारे छलफल हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२ ११:०४
प्रतिक्रिया दिनुहोस्