NRN
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ ।

रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी नै अवरुद्ध भएकाे हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएकाे छ ।

पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् ।

लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको प्रहरीले जनाएकाे छ ।

 

 

पहिराेले सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटाेमै राेकिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update