NRN
बिहीबार १८.३० अंकले बढ्यो नेप्से, आठ अर्ब ५३ करोड रूपैयाँको कारोबार

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा बन्द भएको हो ।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । बुधबार सात अर्ब ६३ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार आठ अर्ब ५३ करोड रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९० करोड रूपैयाँ वृद्धि भएको हो ।

आज ३१८ वटा धितोपत्रको दुई करोड ५४ लाख तीन हजार ५४० कित्ता सेयर किनबेच भएको छ । बिहीबार १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ वटाको घटेको छ । 

यसदिन सिक्लेस हाइड्रोपावरको मूल्य सर्वाधिक ९.८१ प्रतिशतले बढेको छ । यस्तै, बरुण हाइड्रोपावरको ९.७८ प्रतिशतले बढेको छ ।

उन्नति सहकार्य लघुवित्तको मूल्य सर्वाधिक ८.२६ प्रतिशतले घटेको छ । यसैगरी, समाज लघुवित्तको मूल्य ५.४२ प्रतिशतले घटेको छ ।

बिहीबार लिभर्टी इनर्जीको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update