NRN
राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा एमालेको पनि असहमति

निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा सत्तारूढ नेकपा (एमाले) ले पनि असहमति जनाएको छ ।

यस अघि प्रतिपक्षी दलहरु नेकपा माओवादी, रास्वपा, राप्रपा, जनमतलगायत दलहरूको संयुक्त बैठकले विरोध गरेको कार्यविधि प्रति एमालेले पनि असहमती जनाएको हो ।

स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको एमालेको भनाइ छ ।

निर्वाचन आयोगले हालै राजनीतिक दलहरूलाई ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ को मस्यौदा पठाएको थियो ।

मस्यौदामा राजनीतिक दलहरूको मूल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन गर्न निर्वाचन आयोगले सचिवको नेतृत्वमा समिति गठनको व्यवस्था राखेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update