बिहीबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बुधबार प्रतितोला एक लाख ९८ हजार चार सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा भइरहेको छ ।
त्यसैगरी, बुधबार प्रतितोला २३ सय पाँच रूपैयाँमा किनबेच भएको चाँदी बिहीबार २३ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिनको तुलनामा यो मूल्य प्रतितोला दश रूपैयाँले बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२ ११:३३
प्रतिक्रिया दिनुहोस्