NRN
मंगलबार नेप्से ४१.३५ अंकले घटेर २८३४ विन्दुमा बन्द

मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से ४१.३५ अंकले घटेर २८३४ विन्दुमा बन्द भएको हो ।

यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार १० अर्ब ८२ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार नौ अर्ब ३३ करोड रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ४९ करोड रूपैयाँ कमी आएको हो ।

आज ३२५ वटा धितोपत्रको दुई करोड २२ लाख सात हजार १४२ कित्ता सेयर किनबेच भएको छ । मंगलबार ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०४ वटाको घटेको छ । 

यसदिन समाज र उन्नति सहकार्य लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ भने थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

यसैगरी, ट्रेड टावरको मूल्य ७.३५ प्रतिशतले घटेको छ ।

मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ट्रेड टावर रहेको छ । 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने ११ समूहको परिसूचक घटेको छ । 

यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.७६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update