NRN
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दल नेता ईन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार बानियाँलाई मंगलबार दिउँसो प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री नियुक्त गरेको हुन् । मुख्यमन्त्री पदमा कांग्रेस सांसद बानियाँले मात्रै दाबी पेस गरेका थिए । 

कांग्रेसकै बहादुर सिंहले आइतबार मुख्यमन्त्रीबाट राजीनामा घोषणा गरेर सोमबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा दर्ता गराएका थिए ।

उनको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि २४ घण्टाको अर्थात मंगलबार दिउसो २ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

तामाङले कांग्रेस संसदीय दल नेताको हैसियत गुमाएपछि बानियाँ संसदीय दल नेता हुँदै मुख्यमन्त्री नियुक्त भएका हुन् ।

११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन् ।

नवनियुक्त मुख्यमन्त्री बानियाँ मकवानपुरको हेटौंडाका हुन् । उनी २०५२ सालदेखि कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट राजनीतिमा लागेका थिए । 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update