म्याग्दीको गुर्जाखानीमा ४.५ म्यानिच्यूडको भूकम्प
-1754383299.jpg)
म्याग्दीको गुर्जाखानीमा ४.५ म्यानिच्यूडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
यसअघि असार १५ गते मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२ १४:२७
प्रतिक्रिया दिनुहोस्