
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक मंगलबार दिउँसो बस्दैछ । आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो ।
बैठकमा छलफलका लागि ६ वटा कार्यसूची तय गरिएको छ । बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधिबारे छलफल हुने रास्वपाले जनाएको छ ।
आजको बैठकमा विधान व्याख्या (अनुशासन आयोगको प्रयोजनको लागि) अनुमोदनबारे पनि छलफलको कार्यसूची तय गरिएको छ ।
रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा ‘फ्युचर लिडर्स समिट’ आयोजना गर्दैछ । त्यसबारे पनि छलफल गर्ने कार्यसूची छ ।
विधिध प्रस्तावअन्तर्गत भिजिट भिसा प्रकरण छानविन समितिको म्याद थप, केन्द्रीय समिति बैठक र प्रस्तावित विषयहरूबारे छलफल हुनेछ ।
रणनीतिक समूहहरू गठन, विभाग प्रमुख नियुक्त गर्ने, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न दबाब दिने अभियान र सभापति रवि लामिछानेको न्यायका लागि चलाइरहेको हस्ताक्षर अभियानलाई प्रभावकारी बनाउनेबारे आजको बैठकमा छलफल हुनेछ ।