मंगलबार पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज (मंगलबार) पनि सुन–चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार प्रतितोला दुई हजार दुई सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार दुई सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२ ११:२७
प्रतिक्रिया दिनुहोस्