
अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार आज (सोमबार) बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ८.६२ अंकले बढेर २८६७ अंकमा कायम भएको छ ।
गत मंगलबार ३००२ अंकसम्म पुगेको बजार लगातार तीन कारोबार दिन कुल १४४ अंक घट्दै हिजो आइतबार २८५८ मा झरेको थियो ।
तीन दिनपछि बढेको बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो । १४० कम्पनीको मूल्य बढ्दा ११० को घटेको छ ।
आज बैंकिङ ०.६८ प्रतिशत, जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५६, हाइड्रोपावर ०.०९ प्रतिशत बढेको छ ।
होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.०६, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बीमा ०.५३ तथा फाइनान्स ०.८२ प्रतिशत घटेको छ ।
सिक्लेस हाइड्रोपावरको ५.७३, स्वेतगंगा हाइड्रोपावरको ५.१२, विन्ध्यबासिनी हाइड्रोपावरको ४.७२ तथा माछापुच्छ्रे बैंकको ४.५१ प्रतिशत मूल्य बढेको छ ।
अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य बढेको ट्रेड टावर आज १० प्रतिशत, हाइड्रोपावरको ३.२६, नेपाल फाइनान्सको ३.१४ तथा सप्तकोशी विकास बैंकको ३.१४ प्रतिशतले मूल्य घटेको छ ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।